६४ हजार घुससहित इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ

६४ हजार घुससहित इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती  विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुईजना  घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्की र बिचौलियाको भूमिका खेल्ने आस्मा कार्कीलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।