रास्वपा सभापतिद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

रास्वपा सभापतिद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा रास्वपा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधि र नागरिकका समस्याबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

रास्वपा नेतृत्वले आजै प्रधानमन्त्रीसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेका काम, उद्धारको पछिल्लो स्थिति र आगामी कार्ययोजनाबारे जानकारी लिएको थियो। प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारी र पार्टीका तर्फबाट स्थलगत रूपमा संकलन गरिएको विवरणका आधारमा राष्ट्रपति पौडेललाई देशको समग्र अवस्थाबारे ब्रिफिङ गरिएको हो।