काठमाडौँ । कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ ।
राजधानी भित्रिनको लागि मुख्य गरी चारवटा विकल्प दिइएको छ । जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा-कुलेखानी-फर्पिङ सडक रहेका छन् ।
राजधानीमा आपूर्ति व्यवस्था सहज बनाउन उक्त राजमार्गबाट काठमाडौंमा मालवस्तु ढुवानी गर्न सकिने विभागले जनाएको छ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण कृष्णभीरमा त्रिशूली नदीले कटान गर्दा सडक अवरुद्ध छ ।
