रसुवा बाढी : खोज तथा उद्धारमा सघाउन कुन देशबाट कति आए ?

रसुवा बाढी : खोज तथा उद्धारमा सघाउन कुन देशबाट कति आए ?

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यमा सघाउन विभिन्न देशबाट विज्ञहरू आएका छन् । जलविद्युत् आयोजनाका सुरुङभित्र रहेका कामदारको उद्धारका लागि सघाउन भारत, चीन र दक्षिण  कोरियाबाट विज्ञहरू आएका छन् ।

“हाम्रा सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीहरूद्वारा स्थितिलाई प्रभावकारी रूपमा सम्हालिरहेका छन् । हाम्रा निकायहरूले सुरुङ उद्धारका लागि भारतबाट ११ जना, चीनबाट नौजना र दक्षिण कोरियाका विशेष प्राविधिक टोलीहरूसँग मिलेर काम गरिरहेका छन्,” आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राइले भने । 

यसैगरी, मृत शरीरहरूको व्यवस्थापनका लागि हामीले एयरटाइट ब्यागहरू भारत र चीनबाट प्राप्त गरेको जनाइएको छ । थप ब्यागहरू पनि आउने क्रममा रहेका छन् । 

“डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोली पनि आइपुगेको छ । यस सम्बन्धमा हाम्रो समन्वय जारी छ,” परराष्ट्र सचिव राईले जानकारी दिए ।