पूर्णबहादुर खड्कालाई विस्थापित गर्दै इतर समूहको कमान डा. शशांकको काँधमा

पूर्णबहादुर खड्कालाई विस्थापित गर्दै इतर समूहको कमान डा. शशांकको काँधमा

काठमाडौं।  नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालालाई पार्टीको इतर समूहको नेताका रूपमा अघि बढाइएको छ। काठमाडौँमा सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत उनलाई उक्त समूहको नेतृत्व दिने निर्णय भएको हो।

सम्मेलनद्वारा पारित ५ बुँदे प्रस्तावको पहिलो नम्बर बुँदामै १५औँ महाधिवेशनसम्मका लागि पार्टीका आवश्यक नियमित क्रियाकलापहरू सभापति शेरबहादुर देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने उल्लेख छ।

उक्त बुँदामा भनिएको छ, "१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ। शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकजुट भई १५औँ महाधिवेशन सम्पन्न हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ। १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीका नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ।"

यस निर्णयसँगै भेला एवं सम्मेलनका संयोजक रहेका डा. कोइरालालाई १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अगाडि बढाउने जिम्मेवारी प्राप्त भएको छ। यसअघि कार्यवाहक सभापतिका हैसियतमा पूर्णबहादुर खड्काले इतर समूहको नेतृत्व गर्दै आएका थिए।

छुटाउनुभयो कि ?