जाजरकोट पहिरो: बेपत्ता आमा-छोरा मृत फेला, मृतकको संख्या तीन पुग्यो

जाजरकोट पहिरो: बेपत्ता आमा-छोरा मृत फेला, मृतकको संख्या तीन पुग्यो

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत अवस्थामा फेला परेका छन्। उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान रती खत्री र उनका ५४ वर्षीय छोरा ओमसिंह खत्रीको शव पहिरोमा पुरिएको अवस्थामा निकालेको हो।

यसैगरी शनिबार बेलुकी सोही वडाको चिसापानीमा खसेको अर्को पहिरोमा परी ५२ वर्षीया केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। सोही पहिरोमा परी ७० वर्षीया भीमबहादुर कार्की अझै बेपत्ता छिन्।

पहिरोमा परी घाइते भएका ६ जनाको जाजरकोट र सुर्खेतका अस्पतालहरूमा उपचार भइरहेको छ।

ठाउँ-ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएकाले घट्नास्थलसम्म पुग्न र उद्धार कार्यमा समस्या भइरहेको जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिएका छन्। हाल प्रहरी र सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएर बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको छ।

छुटाउनुभयो कि ?