बाजुरामा पहिरो: बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरामा पहिरो: बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइते व्यक्तिहरूको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परेर त्रिवेणी नगरपालिका-९ की २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी छन्। यस्तै, पहिरोमा पुरिएर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घाइते धर्म थापाको बायाँ खुट्टा र शरीरमा तथा धौलीदेवीको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको छ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। कर्णबहादुरकी छोरी प्रतीक्षा पहिरोमा पुरिएर बेपत्ता भएपछि उनको खोजीका लागि प्रहरी नायब उपरीक्षक (DSP) शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

बेपत्ताको खोजी तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दासमेत निरन्तर जुटिरहेका छन्।

छुटाउनुभयो कि ?