पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना

पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना

काठमाडौं। वरिष्ठ पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ।

श्रेष्ठको रिहाइ तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघद्वारा आयोजित उक्त धर्ना कार्यक्रममा विभिन्न सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको उल्लेख्य सहभागिता रहेको छ।

पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्ने राज्यको कदमले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारमाथि नै गम्भीर आघात पुर्‍याउने भन्दै महासंघले रिहाइका लागि दबाबस्वरूप यो धर्ना कार्यक्रम आयोजना गरेको हो।

यसअघि श्रेष्ठ पक्राउ परेलगत्तै हिजो राति पनि महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि पुगेर विरोध प्रदर्शन गरेको थियो।

छुटाउनुभयो कि ?