राष्ट्र सामु प्रस्तुत चुनौती सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ: डा. शशांक कोइराला

राष्ट्र सामु प्रस्तुत चुनौती सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ: डा. शशांक कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मुलुक सामु देखिएका चुनौतीहरूको सामना गर्न र सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।

राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ कार्यदिशासहित गतिशील बनाउने दृढ संकल्प व्यक्त गरे।

काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकीकृत शक्ति निर्माण र भावी दिशा तय गर्न श्रावण २९ देखि ३१ गतेसम्म राजधानीमा तय गरिएको राष्ट्रिय भेला नरोकिने स्पष्ट पारे। सो भेलालाई पार्टी सभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए।

यस्तै, कांग्रेस केन्द्रीय कार्यसमितिको अधिकारिता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको निर्णयको स्वागत गर्दै डा. कोइरालाले पुनरावलोकन प्रक्रियाबाट आफूहरूले पूर्ण न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताए।

छुटाउनुभयो कि ?