विद्यालयका चालकलाई ज्याकेट अनिवार्य

विद्यालयका चालकलाई ज्याकेट अनिवार्य

नवलपुर: विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने फ्लोरसेन्ट ज्याकेट अनिवार्य गरिएको छ ।

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि आगामी आइतबारदेखि लागू हुनेगरी गैँडाकोट क्षेत्रका विद्यालयका सवारी साधन चलाउने चालक र सहचालकलाई एउटै प्रकारको फ्लोरसेन्ट ज्याकेट अनिवार्य गरिएको हो ।

दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधनबाट काम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए । पछिल्लो समय दुर्घटनामा विद्यालयका सवारी साधन बढी पर्ने गरेको छ ।

आइतबारदेखि विद्यालयका सवारी साधन चालक तथा सहचालकले फ्लोरसेन्ट नलगाएको अवस्थामा उनीहरुलाई कारवाही हुने उनले बताउए ।

त्यस्तै विद्यालयका सवारी साधनले विद्यार्थीलाई उभ्याएर यात्रा गराउने गरेको उल्लेख गर्दै त्यसरी यात्रा गराएको पाएमा समेत नियमानुसार कारवाही गर्ने उहाँले बताउनुभयो । विद्यालय सञ्चालकले समेत ट्राफिक प्रहरीलाई सघाउने जानकारी दिँदै प्याब्सन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाले विद्यालयका सवारी साधन रोक्नका लागि निश्चित क्षेत्र छुट्याइदिन आग्रह गरेका छन् ।