काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ३४५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। सवारी नियम उल्लङ्घन गरेपछि उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको चेकिङका क्रममा उनीहरूलाई नियन्त्रण र कारबाहीमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलबार बिहानसम्म गरिएको जाँचका क्रममा:
-
मादक पदार्थ सेवन (मापसे): ५१ जना
-
सीसीटीभी (CCTV) मार्फत पहिचान: ७१ जना
-
रातो बत्ती (रेड लाइट) उल्लङ्घन: ५६ जना
-
तीव्र गतिमा सवारी चलाउने: १४२ जना
-
हर्न निषेधित क्षेत्रमा हर्न बजाउने: ४१ जना
-
लेन अनुशासन उल्लङ्घन (लेन क्रस): ७० जना
-
सवारीको यान्त्रिक अवस्था ठीक नभएको: २१ जना
-
एकतर्फी (वान-वे) सडक उल्लङ्घन: ३२ जना
-
अन्य विविध सवारी नियम उल्लङ्घन: ८६१ जना
सडक सुरक्षा कायम राख्न, दुर्घटना न्यूनीकरण गर्न तथा सवारी नियमको पालना गराउन उपत्यकामा नियमित तथा आकस्मिक चेकिङलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीले जनाएको छ।