बिनासूचना महिनौँदेखि गायब जियोलोजी असिस्टेन्ट खनाललाई १५ दिने अन्तिम चेतावनी: बर्खास्त गर्ने मन्त्रालयको तयारी

बिनासूचना महिनौँदेखि गायब जियोलोजी असिस्टेन्ट खनाललाई १५ दिने अन्तिम चेतावनी: बर्खास्त गर्ने मन्त्रालयको तयारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा बिनाजानकारी अनुपस्थित रहँदै आएका एक प्राविधिक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम चेतावनी दिएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै खानी तथा भू-गर्भ विभागमा कार्यरत जियोलोजी असिस्टेन्ट (राजपत्रअनङ्कित तृतीय श्रेणी) गौतम प्रसाद खनाललाई तोकिएको समयसीमाभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। खनाल २०८२ असोज ७ गतेदेखि नै कुनै पूर्वस्वीकृति वा जानकारीविना लगातार कार्यालयमा अनुपस्थित रहँदै आएका छन्।

मन्त्रालयद्वारा जारी सूचना अनुसार खनालले १५ दिनभित्र सन्तोषजनक र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुनुपर्नेछ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा वा पेस गरिएको स्पष्टीकरण मनासिब नदेखिएमा निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० को प्रावधान बमोजिम उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने (बरखास्त गर्ने) कानुनी कारबाही अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

छुटाउनुभयो कि ?