धनुषामा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने

धनुषामा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने

काठमाडाैं। धनुषा जिल्लामा जारी निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हट्ने भएको छ। आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचना जारी गर्दै निषेधाज्ञा हटाउने निर्णयको जानकारी दिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा स्थिति र आम जनजीवन सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै शनिबार बिहान १० बजेदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको सूचनामा जनाइएको छ।

छुटाउनुभयो कि ?