काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश हटाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार क्षेत्रको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि आज साँझ ७ बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण र समीक्षापछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।