वैशाखयता ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाले गुमाए ज्यान

वैशाखयता ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाले गुमाए ज्यान

काठमाडौं।  मुलुकभर भएका मनसुनजन्य विपद्का घटनामा परि पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म २५ जिल्लामा ३४ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामध्ये सर्पदंशका कारण एक जनाको ज्यान गएको हो।

उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र वन्यजन्तु आक्रमणका ३ वटा घटना भएका छन्। यी घटनाहरूबाट रु २७ लाख २५ हजार बराबरको भौतिक क्षति हुनुका साथै १८ चौपाया मरेका छन् र दुई स्थानमा सडक अवरुद्ध भएको छ।

यसैबीच,प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि यता देशभर कुल ४ हजार ५३ वटा विपद्का घटना भएका छन्। जसबाट १९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २९१ जना घाइते भएका छन् भने कुल ५ हजार १८८ परिवार प्रत्यक्ष प्रभावित बनेका छन्।

छुटाउनुभयो कि ?