सिरहाको गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आज दिनभर खुकुलो

सिरहाको गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आज दिनभर खुकुलो

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज (आइतबार) बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्मका लागि खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचना अनुसार सुरक्षा अवस्थाको समग्र विश्लेषण गरेपछि ९ घण्टाका लागि कर्फ्यु खुकुलो पार्ने निर्णय गरिएको हो।

पाँच जनाभन्दा बढी भेला हुन नपाइने, लामो दूरीका गाडीलाई सहजीकरण
 

प्रशासनले कर्फ्यु खुकुलो पारिएको समयमा पनि पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन वा जमघट गर्न नपाइने स्पष्ट पारेको छ। उक्त नियमको पूर्ण पालना गर्न जिल्ला प्रशासनले सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ।

यसैगरी, कर्फ्यु खुकुलो भएको अवधिमा गोलबजार क्षेत्र भएर चल्ने लामो दूरीका सवारीसाधनलाई आवतजावतमा आवश्यक सहजीकरण गरिने सूचनामा उल्लेख छ।

स्थानीय सुरक्षा परिस्थितिको थप मूल्यांकन गरेपछि कर्फ्यु थप खुकुलो बनाउने वा पूर्ण रूपमा हटाउने भन्ने विषयमा पुनः नयाँ सूचना जारी गरिने प्रशासनले जनाएको छ।

छुटाउनुभयो कि ?