पाकिस्तानी ब्रोड पिकमा बेपत्ता ‘निम्स दाइ’सहित ६ नेपाली आरोहीको खोजी तीव्र, नेपालबाट पनि उद्धार टोली जाने तयारी

पाकिस्तानी ब्रोड पिकमा बेपत्ता ‘निम्स दाइ’सहित ६ नेपाली आरोहीको खोजी तीव्र, नेपालबाट पनि उद्धार टोली जाने तयारी

काठमाडौं। पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १० सदस्यीय टोलीमध्ये ६ जना नेपाली आरोही रहेको पर्यटन विभागले पुष्टि गरेको छ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै बेपत्ता हुने नेपाली आरोहीहरूमा चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा र ग्यालु शेर्पा रहेको जनाएको छ। पुर्जाको नेतृत्वमा रहेको उक्त अन्तर्राष्ट्रिय टोलीमा नेपालीसँगै अमेरिकी, चिनियाँ र ओमानका आरोहीहरू समावेश छन्।

पाकिस्तानी अधिकारीहरूका अनुसार बिहीबार दिउँसो भीषण हिमपहिरो गएपछि आरोहण टोलीसँग सम्पर्क विच्छेद भएको हो। बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा विशेष उद्धार हेलिकोप्टर र तालिमप्राप्त उद्धारकर्मी परिचालन गरेको एल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ।

यसैबीच, बेपत्ता आरोहीहरूको उद्धारका लागि नेपालबाट पनि टोली पाकिस्तान जाने तयारी भइरहेको छ। सांसद मिङ्मा ग्याबु शेर्पाले घटनाबारे निरन्तर जानकारी लिइरहेको र नेपालबाट पनि हेलिकोप्टरसहितको विशेष टोली जाने तयारी भइरहेको बताएका छन्।

छुटाउनुभयो कि ?