काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि उनलाई थुनामा राख्न उक्त आदेश दिएको हो।
बैंकिङ कसुर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई यसअघि नियन्त्रणमा लिएको थियो।
अदालतको आदेशसँगै अग्रवाललाई अब पुर्पक्षका लागि कारागार चलान गरिने भएको छ।