त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्री पोखरेलविरुद्ध नाराबाजी, प्रदर्शनकारी केही विद्यार्थी प्रहरी नियन्त्रणमा

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्री पोखरेलविरुद्ध नाराबाजी, प्रदर्शनकारी केही विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध असन्तुष्ट विद्यार्थीहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेल कार्यक्रमस्थल आइपुग्दा विद्यार्थी समूहले उहाँविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको निर्णयप्रति आपत्ति जनाउँदै आक्रोशित बनेका विद्यार्थीहरूले मन्त्री पोखरेलको राजीनामा माग्दै प्लेकार्डसहित नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर नाराबाजी गरेका थिए।

विश्वविद्यालय सभाको बैठक तथा वार्षिकोत्सव समारोहस्थल परिसरमा प्रदर्शनका कारण असहज परिस्थिति सिर्जना भएपछि सुरक्षाका लागि खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनमा उत्रिएका केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ।

छुटाउनुभयो कि ?