कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, अमेरिकामा करिब ४ हजार जनाको मृत्यु

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, अमेरिकामा करिब ४ हजार जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ। २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ। यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ। स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन।