पोर्चुगलमा एउटै फ्ल्याटमा बसने आठ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

पोर्चुगलमा एउटै फ्ल्याटमा बसने आठ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

पोर्चुगल : पोर्चुगलको राजधानी लिस्बनको मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ। उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ।

उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ ९एनआरएनए० बताएको छ । सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बताएको छ। उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको छ । अरुहरुलाई घरमै क्वारेन्टाइनमा राखिएको छ। यो संगै पोर्चुगलमा कोरोना सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ।