बौद्धमा खाजाघर सञ्चालने महिलाद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

बौद्धमा खाजाघर सञ्चालने महिलाद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडाैं। काठमाडौंको बौद्ध गेटअगाडि सोमबार दिउँसो एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी २७ वर्षीया सालु गुरुङले दिउँसो करिब पौने ४ बजे आफ्नै शरीरमा आगो लगाएकी हुन्। आत्मदाहको प्रयासबाट उनको शरीरको ५० प्रतिशत भाग जलेको छ।

घटनालगत्तै उद्धार गरी उनलाई सुरुमा गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभई अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।

विवाहित गुरुङले आत्मदाहको प्रयास गर्नुको वास्तविक कारण भने अहिलेसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ।

छुटाउनुभयो कि ?