राशिफल दर्शन: जान्नुहोस् आजको दिन कुन राशिलाई छ शुभ, कसलाई संकट?

राशिफल दर्शन: जान्नुहोस् आजको दिन कुन राशिलाई छ शुभ, कसलाई संकट?

मेष (अच, चू, चे, चो, ला, ली, लू, ले, लो, आ)

दिन सामान्य छ । आम्दानीका क्षेत्रमा घाटा हुनसक्ने जोखिम रहेकाले सतर्क रहनुहोला । यद्यपि, मन शान्त रहनेछ र रचनात्मक काममा रुचि बढ्नेछ । आफ्नो कला र क्षमता प्रदर्शन गर्ने राम्रो अवसर मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ तर व्यापार व्यवसायमा भने आज थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)

दिन राम्रो छ । तपाईंको बोलीको प्रभाव बढ्नाले रोकिएका काम बन्न सक्छन् । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नुका साथै धन प्राप्तिको योग छ । राज्यको सहयोगमा महत्त्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन् । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्नेछ भने लगानीका क्षेत्रमा आज विशेष सचेत हुनुपर्ने देखिन्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

दिन फलदायी रहनेछ । व्यापार व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ । परिवारसँग आत्मीय समय बिताउने अवसर मिल्नेछ । दाम्पत्य जीवन सफल र सुखमय बन्ने योग छ । प्रेम सम्बन्धमा रहनुभएकाहरूका लागि पार्टनरको विशेष साथ र सहयोग मिल्नेछ । राजनीति क्षेत्रमा भने आज हात नहाल्नु नै बुद्धिमानी हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)

दिन सामान्य छ । कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुअघि राम्ररी सोचविचार गर्नु उचित हुनेछ । आफन्तसँगको भेटघाटले मनमा खुसी छाउनेछ भने पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नुका साथै व्यापारमा पनि नाफा हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

दिन सामान्य छ । समय त्यति अनुकूल नरहेकाले कार्यक्षेत्रमा सचेत भएर काम गर्नुपर्नेछ । लगानीका क्षेत्रबाट भने फाइदा नै हुने देखिन्छ । मन शान्त रहनेछ र दाम्पत्य जीवन सुखमय बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा अनावश्यक विवाद बढ्न सक्ने भएकाले आज बोल्दा विशेष ध्यान दिनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

दिन राम्रो छ । बोलीको प्रभावले बिग्रन लागेका कामहरू पनि बन्नेछन् । मनमा कुरा गुम्स्याएर राख्नु भन्दा व्यक्त गर्नु उचित हुनेछ । यात्राका कारण खर्च बढ्न सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । आज शिक्षाको क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भने विशेष फाइदा हुने दिन छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

दिन शुभ रहेको छ । सोचेका कामहरूमा गरेको मिहिनेतको उचित फल मिल्नेछ, जसले गर्दा हरेक कार्यमा उत्साह थपिनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा होला । आफन्त तथा शुभचिन्तकहरूले हरेक क्षेत्रमा सहयोग गर्नेछन् । तर, खानपानमा नियन्त्रण नगर्दा स्वास्थ्यमा समस्या आउने जोखिम छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

दिन सहज र सुखद रहनेछ । स्वास्थ्यमा सुधार आउनाले मनमा नयाँ उमङ्ग र खुसी मिल्नेछ । राज्यका उच्च अधिकारीहरूबाट काममा राम्रो साथ सहयोग पाइनेछ । कार्यक्षेत्रमा सहकर्मीले भन्दा बाहिरका साथीहरूले तपाईंको बढी प्रशंसा गर्नेछन् । शिक्षामा गरेको मिहिनेतको राम्रो परिणाम मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

आज लामो वा छोटो दूरीको यात्राको योजना छ भने त्यो सफल बन्नेछ । काम गर्दा हतार नगरी विवेकको प्रयोग गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा घाटा नहुने योग छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रको भ्रमणका लागि राम्रो अवसर प्राप्त हुन सक्छ । परिवारको पूर्ण साथ मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ र दाम्पत्य जीवन सुखमय बन्नेछ । सानो कुरालाई लिएर ठुलो झन्झट वा विवाद बढ्न सक्ने भएकाले सतर्क रहनुहोला । संकटको समयमा परिवारको तर्फबाट पूर्ण साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धका लागि समय सुमधुर र सकारात्मक देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)

दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ, शारीरिक शिथिलता बढ्न सक्छ । मन अशान्त रहने भएकाले कसैसँग व्यवहार गर्दा सचेत रहनुहोला । आकस्मिक रूपमा सञ्चित धन खर्च गर्नुपर्ने स्थिति आउन सक्छ । आज पिपलको वृक्षको दर्शन मात्र गर्नाले पनि दिन सहज र शान्त बन्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

दिन राम्रो छ । शिक्षाको क्षेत्रमा सुधार आउनेछ तर मिहिनेत भने बढाउनुपर्ने समय छ । मन शान्त र प्रसन्न रहनेछ । विपक्षी वा प्रतिस्पर्धीहरू शान्त भएकाले तपाईंका कामहरू सहजै बन्नेछन् । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्ने भएकाले आर्थिक सन्तुलनमा ध्यान दिनुहोला । संकटको समयमा साथीभाइको राम्रो साथ मिल्नेछ ।

छुटाउनुभयो कि ?