मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीहरूको जमघट हुनुका साथै बन्धु-बान्धवको बलियो साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नाफा आर्जन हुनेछ भने पारिवारिक साथ र सहयोग मिल्ने योग छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): स्वास्थ्यमा केही समस्या देखिन सक्छ, खानपान र आराममा ध्यान दिनुहोला। आफन्तहरू टाढिन सक्ने भएकाले व्यवहारमा सचेत बन्नुपर्ने देखिन्छ। आफ्ना गोप्य कुराहरू मनमै राख्नु आजका लागि उचित हुनेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा): बोलीको प्रभावले रोकिएका काम बन्नेछन्, तर बोल्दा संयमता अपनाउनु र सचेत रहनु आवश्यक छ। आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ भने सिर्जनात्मक क्षेत्रमा जाँगर चल्नेछ। परिवारका सदस्यले विरोध गरे पनि समाजले तपाईंको कामको प्रशंसा गर्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): जमिन सम्बन्धी कारोबार र खरिदबिक्रीबाट फाइदा हुनेछ। आफन्तको सहयोगले पुराना कामहरू बन्ने दिन छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच र संगठन विस्तार हुनेछ। तर, परिवारसँग आफ्ना गोपनीयता भंग नगर्नु नै उचित हुनेछ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे): आम्दानीका नयाँ स्रोतहरू फेला पर्दा मनमा उत्साह थपिनेछ र पारिवारिक मेलमिलाप हुनेछ। आज पश्चिम दिशाको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पिपलको वृक्षलाई दर्शन वा पूजा मात्र गरेमा पनि दिन सहज र शुभ बन्नेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): पठनपाठन र बौद्धिक कार्यमा जोस-जाँगर बढ्नेछ। विगतमा गरेको लगानीबाट फाइदा उठाउने समय छ। विपक्षी वा प्रतिस्पर्धीहरू शान्त भएकाले कार्यक्षेत्रमा काम सहजै बन्नेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): तपाईंको श्रम र मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। अगाडि मिठो कुरा गरेर पछाडि आक्रमण गर्ने (अन्तरघाती) साथीहरूसँग विशेष सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा भने सेवाको राम्रो अवसर मिल्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): दाजुभाइसँगको सहकार्य र सल्लाहले भाग्यको उदय हुनेछ। व्यापार व्यवसायमा गरिएको लगानीबाट फाइदा मिल्नेछ। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुन सक्छ। तर, स्वास्थ्यमा केही समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): शिक्षाको क्षेत्रबाट शुभ खबर सुन्न पाइनेछ, जसले मन प्रसन्न तुल्याउनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढे पनि मन भने केही अशान्त रहन सक्छ। संकटको समयमा परिवारको पूर्ण साथ मिल्नेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी): सोचेको काम समयमा पूरा नहुँदा मनमा केही खिन्नता वा निराशा छाउन सक्छ। यद्यपि, स्वास्थ्यले साथ दिने भएकाले मनमा आन्तरिक शान्ति भने कायम रहनेछ। राजनीतिक क्षेत्रमा ठगहरूले सताउन सक्ने भएकाले लेनदेन र सम्झौता गर्दा सचेत रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा): यात्राका क्रममा अनावश्यक र अनपेक्षित खर्च बढ्नेछ। नजिकका साथीभाइले नै विरोध गर्ने जोखिम रहेकाले संयम रहनुहोला। स्वास्थ्यले पूर्ण साथ नदिँदा मन अशान्त बन्न सक्छ। आज कुनै पनि महत्त्वपूर्ण निर्णय लिँदा परिवारको सल्लाहमा गर्नु राम्रो हुन्छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): आज साना-साना कुराले पनि मनमा खुसी र उत्साह मिल्नेछ। आम्दानीका दृष्टिले दिन निकै फाइदाजनक रहेको छ। शिक्षाको क्षेत्रमा भने थप मिहिनेत र ध्यान दिनुपर्ने देखिन्छ। विपक्षीहरूसँग अनावश्यक तर्कवितर्क नगरी थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।