राशिफल २०८३: तपाईंका लागि आजको दिन कस्तो रहनेछ?

राशिफल २०८३: तपाईंका लागि आजको दिन कस्तो रहनेछ?

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग देखिन्छ। यात्रामा सुख प्राप्त हुनुका साथै स्वास्थ्यमा पनि सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन अनुकूल रहेको छ। आफूले गरेको कामबाट मन प्रसन्न हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

आज तपाईंको लागि शुभ दिन छ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ र सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। आज योजना अनुसार रचनात्मक कामहरू बन्नेछन्। परिवारको पूर्ण साथले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनेछन्।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

आज मन अलि अशान्त बन्न सक्छ। अरूसँग विवाद नगर्नु नै राम्रो हुनेछ। आफूले सोचेका कामहरूमा केही बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। कुनै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु लाभदायक हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

दिन निकै राम्रो छ। आफ्नो कामबाट पूर्ण सन्तुष्टि मिल्नेछ। नयाँ वस्त्र पहिरिने अवसर जुर्नेछ भने साथीभाइबाट राम्रो साथ पाइनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आजको दिन कम बोल्नु र आफ्नो काममा केन्द्रित हुनु उचित हुनेछ। परिवारका सदस्यहरूसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायबाट धन लाभ हुनेछ। आफन्तको सहयोग प्राप्त हुनुका साथै प्रेम सम्बन्ध सुमधुर रहनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

दिनको सुरुवातमा गरेका कामहरूले सार्थकता पाउनेछन्। आफ्नो कर्मले आफूलाई मानसिक सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ भने प्रेम सम्बन्ध पनि सुमधुर देखिन्छ। साथीभाइको राम्रो सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आज अनावश्यक यात्रा हुन सक्छ, त्यसैले सतर्क रहनुहोला। स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने देखिन्छ। व्यर्थका कार्यहरूमा ऊर्जा, समय र पैसा खर्च हुन सक्छ। बिहान उठेर भगवान शिवको स्मरण गरेमा दिन सहज बन्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। सन्तानको तर्फबाट खुसी मिल्नेछ भने पारिवारिक मेलमिलापको वातावरण बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सोचेका कामहरू पूरा हुँदा मन प्रसन्न रहनेछ, तर साथीभाइसँग कारोबार गर्दा अलि जोगिएर काम गर्नु उचित हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी)

समाजमा मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्य स्थितिमा सुधार आउनेछ। राज्यका उच्च अधिकारीहरूबाट हौसला र प्रोत्साहन प्राप्त हुनेछ। आज आफ्नै परिवारले भन्दा बाहिरका मित्रहरूले तपाईंको कामको बढी प्रशंसा गर्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

लामो दूरीको यात्रा तय हुन सक्ने योग छ। आफूले गरेको काममा सफलता र सन्तुष्टि मिल्नेछ। भाग्यले साथ दिनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण वा दर्शनका लागि आजको दिन उत्तम रहेको छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आज मन अलि अशान्त रहन सक्छ। आफ्नै काम र परिणाममा असन्तुष्टि बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या निम्त्याउन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोला। आज पश्चिम दिशाको यात्रा नगर्नु नै उचित हुनेछ।

छुटाउनुभयो कि ?