आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु

काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३५ वर्षीय मण्डलको सोमबार राति २ बजे निधन भएको हो।

सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १०, सिसौटिया निवासी मण्डलले केही दिनअघि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। शरीरको अधिकांश भाग जलेर गम्भीर अवस्थामा पुगेका उनलाई थप उपचारका लागि गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। मृतक मण्डलका श्रीमती, एक छोरा र एक छोरी छन्।

छुटाउनुभयो कि ?