कोरोनाको त्रासका कारण घर जान दिल्ली बसपार्कमा भेला भएका सर्वसाधारण

कोरोनाको त्रासका कारण घर जान दिल्ली बसपार्कमा भेला भएका सर्वसाधारण

काठमाडौं : कोरोना भाइरसको महामारीविरुद्ध भारतमा लकडाउन छ । भारतीय प्रधानमन्त्रीले २१ दिनको लकडाउनमा सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले २१ दिन संयम हुन नसके देश २१ वर्षपछि पर्ने बताएका छन् । तर लकडाउनकैबीच सर्वसाधारण नागरिक भने दिल्लीबाट बाहिरिने योजनासहित बसपार्कमा भेला भएका छन् ।

यो घटना हिजो ९शनिबार० को हो । शनिबार भारतमा लकडाउन जारी भएको चौथो दिन, राजधानी दिल्लीस्थित विभिन्न बस पार्कमा हजारौं मानिसहरु आ आफ्नो घर फर्किन जम्मा भएका थिए भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीको अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेको छ।

भारतको प्रमुख विपक्षी पार्टी काँग्रेस आईकी महासचिव प्रियंका गान्धीले शनिबार दिल्लीको आनन्द विहार, गाजिवादलगायत क्षेत्रबाट महिला, बालबालिकासहित मजदुरहरु आ आफ्नो घर फर्किन सडकमा आएको बताएकी छन्। उनले यो अवस्था नियन्त्रणमा लिनसमेत सरकारसँग माग गरेकी छन्। साथै उनले भारत सरकारको आलोचना पनि गरेकी छन्।