प्रधानमन्त्री बालेन शाहलाई ‘भाइरल’ हुने मोह त्याग्न कांग्रेस नेता आङ्देम्बेको आग्रह, देश चलाउन गम्भीर हुन संसद्‌बाटै सुझाव

प्रधानमन्त्री बालेन शाहलाई ‘भाइरल’ हुने मोह त्याग्न कांग्रेस नेता आङ्देम्बेको आग्रह, देश चलाउन गम्भीर हुन संसद्‌बाटै सुझाव

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भाइरल हुन छाडेर देशको प्रधानमन्त्रीका रूपमा गम्भीरतापूर्वक काम गर्न आग्रह गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता आङ्देम्बेले लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु विल्कुलै फरक विषय भएको स्पष्ट पारे। उनले प्रधानमन्त्री शाहलाई भाइरल हुने बाटो भुलेर पदीय गरिमा र जिम्मेवारी बहन गर्न विशेष आग्रह समेत गरे।

संसद्‌मा बोल्ने क्रममा नेता आङ्देम्बेले सामाजिक सञ्जालमा चर्चामा आउन सजिलो भए पनि देशको प्रधानमन्त्रीको रूपमा गहन र गम्भीर भएर कार्य गर्न निकै गाह्रो हुने टिप्पणी गरे।

उनले प्रधानमन्त्री शाहलाई अब भाइरल हुने बाटो पूर्ण रूपमा त्याग्न र भुल्न आग्रह गर्दै उनी देशको प्रधानमन्त्री भइसकेकाले सोही अनुरूपको गहन भूमिका र उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।

छुटाउनुभयो कि ?