काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको सचिवालयमा कार्यरत तीन जनाले पार्टीको केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, र युवा नेत्री एवं प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिनेमध्ये राजनीतिक सल्लाहकार अशिम शाहले खुला मुस्लिम समावेशी कोटाबाट प्रतिस्पर्धा गर्दैछन् भने नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फबाट आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
त्यस्तै, स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिला कोटाबाट केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएकी छिन् ।