पूर्वगृहमन्त्री थापाको निधन

पूर्वगृहमन्त्री थापाको निधन

काठमाडौं। पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। उनको शुक्रबार ललितपुरमा निधन भएको दिवंगत थापाको पारिवारिक स्रोतले जनाएको छ।

उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ।

उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

प्रशासनिक सेवामा रहँदा उनले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गरेका थिए। त्यसपछि उनी गृहसचिव पनि भएका थिए। दिवंगत थापाका दुई छोरा छन्।

छुटाउनुभयो कि ?