पश्चिमी वायुको प्रभावले विभिन्न प्रदेशमा वर्षा र हिमपातको योग, कतै भने तातो हावा चल्ने

पश्चिमी वायुको प्रभावले विभिन्न प्रदेशमा वर्षा र हिमपातको योग, कतै भने तातो हावा चल्ने

काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभावका कारण देशको मौसममा बदली र वर्षाको मिश्रित प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी भूभागसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने अनुमान गरिएको छ भने अन्य पहाडी भूभागसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने दिउँसो मौसम मुख्यतया सफा रहनेछ तर ती क्षेत्रका केही स्थानहरूमा अत्यधिक गर्मी बढेर 'तातो दिन' हुने सम्भावना छ।

यसैगरी दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेश प्रदेशको एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।

आज रातिको मौसमलाई हेर्दा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ।

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा भने राति पनि मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

यसका साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेश प्रदेशको एक-दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?