कांग्रेसलाई कुनै पनि हालतमा फुट्न दिन्न :शेखर कोइराला

कांग्रेसलाई कुनै पनि हालतमा फुट्न दिन्न :शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका प्रतिष्ठित नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने र सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का बनाएर अगाडि बढाउने दृढता व्यक्त गरेका छन्।

विराटनगरमा आइतबार आयोजित पार्टीको संस्थापन इतर पक्षको बृहत् भेलालाई सम्बोधन गर्दै उनले पार्टीको गौरवमय इतिहास स्मरण गराउँदै नेपाली कांग्रेसको जन्म नै देशमा लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको स्पष्ट पारे। तर, वर्तमान समयमा पार्टीभित्रै लोकतान्त्रिक मूल्य र मान्यता विपरीतका गतिविधिहरू बढ्दै गएको भन्दै उनले नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाए।

पार्टीको आन्तरिक व्यवस्थापन र सञ्चालनमा देखिएको कमजोरी औंल्याउँदै डा. कोइरालाले अहिले अद्यावधिक गर्न नमानेको प्राविधिक बहाना बनाएर देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा पदबाट हटाउने काम भइरहेको खुलासा गरे।

तल्लो तहका निर्वाचित र प्रतिबद्ध नेताहरूलाई यसरी मौखिक आदेशका भरमा जिम्मेवारीमुक्त गरिनु सरासर निरंकुशताको सुरुवात भएको उनको ठहर छ। यस्ता स्वेच्छाचारी कदमहरू नेपाली कांग्रेसको मूल आदर्श, सिद्धान्त र इतिहासकै विपरित रहेको भन्दै उनले पार्टीभित्रको यो प्रवृत्तिलाई तत्काल रोकेर सबैलाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिए।

छुटाउनुभयो कि ?