काठमाडौं। चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई गएराति महोत्तरीबाट नियन्त्रणमा लिएको हो।
बैंकिङ कसूर अन्तर्गतको चेक अनादर (चेक बाउन्स) मुद्दामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहलाई काठमाडौँ ल्याई थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।