आजदेखि लकडाउन पनि बैंकहरु ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने

आजदेखि लकडाउन पनि बैंकहरु ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने

काठमाडौं: आजदेखि अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आंशिक रुपमा खुल्ने भएका छन्। कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि लकडाउनमा पनि आजबाट बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछ।

बैकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो।

राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।