स्थानीय बजारमा सुनचाँदीको भाउ बढ्यो: तोलामा कति पुग्यो?

स्थानीय बजारमा सुनचाँदीको भाउ बढ्यो: तोलामा कति पुग्यो?

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भई प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा मूल्य बढेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

छुटाउनुभयो कि ?