काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३९ पैसा र बिक्री दर १५२ रुपैयाँ ९९ पैसा कायम भएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ २८ पैसा र बिक्री दर १७६ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ २३ पैसा र बिक्री दर २०७ रुपैयाँ ०४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ४१ पैसा र बिक्री दर १८८ रुपैयाँ १४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ९५ पैसा र बिक्री दर १०८ रुपैयाँ ३८ पैसा निर्धारण हुँदा क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ८३ पैसा र बिक्री दर ११० रुपैयाँ २६ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिद दर ११९ रुपैयाँ १२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५९ पैसा, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ६० पैसा र बिक्री दर २२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
गन्तव्य मुलुकहरूतर्फ साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ५९ पैसा र बिक्री दर ४० रुपैयाँ ७५ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर ४१ रुपैयाँ ९८ पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ४९ पैसा र बिक्री दर ४१ रुपैयाँ ६५ पैसा रहेको छ। मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ३० पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ७६ पैसा र बिक्री दर १० रुपैयाँ ८० पैसा, कुवेती दिनारको खरिद दर ४९५ रुपैयाँ ९८ पैसा र बिक्री दर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनारको खरिद दर ४०४ रुपैयाँ २१ पैसा र बिक्री दर ४०५ रुपैयाँ ८० पैसा तथा ओमानी रियालको खरिद दर ३९५ रुपैयाँ ८० पैसा र बिक्री दर ३९७ रुपैयाँ ३६ पैसा तोकिएको छ।
यस्तै थाइ भाटको खरिद दर ४ रुपैयाँ ६० पैसा र बिक्री दर ४ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ९९ पैसा र बिक्री दर १६ रुपैयाँ ०६ पैसा, डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ५९ पैसा र बिक्री दर २३ रुपैयाँ ६८ पैसा, हङकङ डलरको खरिद दर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा तथा भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र यो दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।