एजेन्सी: जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो ।
घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाईजेरियावाट आफ्नो अभियान सुरु गरेका हुन् । “आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौ” राष्ट्रपति ईट्नोले मंगलवार भन्नुभयो । उहाँका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो ।
उहाँले घटनास्थल क्षेत्रको भ्रमण समेत गर्नुभएको छ । नाईजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।