टिकटकर तुल्सा अधिकारी सम्पत्ति शुद्धीकरण मुद्दामा जेल चलान

टिकटकर तुल्सा अधिकारी  सम्पत्ति शुद्धीकरण मुद्दामा जेल चलान

काठमाडौं। सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा कलेक्सन’ नामबाट चर्चित टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार भएको सुनुवाइपछि उनलाई थुनामा राखेर मुद्दाको किनारा लगाउन आदेश दिएको हो ।

कुमार चिमोरियाको जाहेरीका आधारमा अघि बढेको यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले तुल्सा र अशोककुमार अग्रवालसहित १० जनाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को मुद्दा दर्ता गरेको थियो ।

प्रतिवादीहरूविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको कसुरमा मुद्दा चलाइएको हो । उनीहरूमाथि समूह नै बनाएर डर-धम्की देखाउँदै अवैध रूपमा रकम असुल गरेको र योजनाबद्ध तरिकाले आपराधिक क्रियाकलापमा संलग्न भएको गम्भीर आरोप छ ।

यसका साथै सरकारी वकिलको कार्यालयले उनीहरूमाथि हुन्डीमार्फत रकम पठाउने र पठाउन लगाउने कार्य गरी अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण गर्ने तथा हस्तान्तरण गर्ने गरेको अभियोग समेत लगाएको छ । अदालतको यो पछिल्लो आदेशसँगै अब टिकटकर अधिकारीसहितका आरोपीहरूले जेलभित्रै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ ।

छुटाउनुभयो कि ?