मौसमको दोहोरो रूप: पहाड र हिमालमा वर्षाको सम्भावना, चार प्रदेशका तराईमा 'तातो दिन'

मौसमको दोहोरो रूप: पहाड र हिमालमा वर्षाको सम्भावना, चार प्रदेशका तराईमा 'तातो दिन'

काठमाडौं। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।

यसै क्रममा देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहँदा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा भई अत्यधिक गर्मी हुने अर्थात् तातो दिन रहने महाशाखाको पूर्वानुमान छ।

आज रातिको मौसम भने देशको हिमाली भू-भागमा साधारणतया बदली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने भए पनि तराई भू–भागमा मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?