सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा

काठमाडौं। सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्।

मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी पोखरेललाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बढुवाको निर्णयबारे औपचारिक जानकारी दिए।

यसअघि गृह मन्त्रालयको सचिवालयमा गत जेठ ५ गते मङ्गलवार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

गृह मन्त्रालयको सोही ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले आज उनलाई सशस्त्र प्रहरीको उच्च तहमा पदोन्नति गरेको हो। एआईजीमा बढुवा भएसँगै पोखरेललाई सशस्त्र प्रहरी बलमा थप महत्त्वपूर्ण विभागीय जिम्मेवारी सुम्पिने तयारी गरिएको छ।

छुटाउनुभयो कि ?