कोरोना भाइरसबाट विश्वभर १८ हजार ९०७ को मृत्यु, कुन राष्ट्रमा कतिको मृत्यु?

कोरोना भाइरसबाट विश्वभर १८ हजार ९०७ को मृत्यु, कुन राष्ट्रमा कतिको मृत्यु?

एजेन्सी: विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८१ जनाको मृत्यु भएको छ भने ।

त्यहाँ ८१ हजार २१८ जना सङ्क्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त एक समाचारअनुसार ७३ हजार ६५० व्यक्ति उपचारपछि घर फर्किएका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८२० जनाको मृत्यु भएको छ । हाल ६९ हजार १७६ जना सङक्रमित रहेका छन् । आठ हजार ३२६ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण १ हजार ९३४ जनाको मृत्यु भएको छ । हाल २४ हजार ८११ जना सङक्रमित रहेका छन् ।

सात हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ९९१ जनाको मृत्यु भएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १५९ व्यक्तिको मृत्यु भएको छ । हाल ३२ हजार ९९१ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७८२ जनाको मृत्यु भएको छ । हाल ५४ हजार ८६७ जना सङक्रमित भने ३७८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १०० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३०४ सङ्क्रमित रहेका छन् भने ३ हजार २८१ उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२६ व्यक्तिको मृत्यु भएको छ । नौ हजार १३७ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७३० उपचारपछि निको भएर घर फर्किएका छन् ।