इटालीमा कोरोना संक्रमण नियन्त्रण बाहिर, मंगलबार एकै दिन ७४३ जनाको मृत्यु

इटालीमा कोरोना संक्रमण नियन्त्रण बाहिर, मंगलबार एकै दिन ७४३ जनाको मृत्यु

काठमाडौंः इटालीमा काभिड –१९ को स्थिति नियन्त्रणबाहिर गएको छ। मंगलबारमात्र इटालीमा ७४३ जनाको मृत्यु भएको छ। देशभर लकडाउन घोषणा गरिए पनि मृत्यु हुनेको संख्या घट्न सकेको छैन। कोरोनाको सुरुवात भएको चीनलाई समेत इटालीले मृत्युदरमा दोब्बरले पछि पारिसकेको छ।

मंगलबारको तथ्याङ्कसँगै इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८२० पुगेको छ। संक्रमित करिब ७० हजार पुगेका छन्।

गत शनिबार इटालीमा एकै दिन ७९३ जनाको मृत्यु भएको थियो। इटालीमा सबैभन्दा बढी ज्येष्ठ नागरिकको मृत्यु भएको छ। विश्वभर अहिलेसम्म ४ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन्। १६ हजार ५ जनाको मृत्यु भइसकेको छ।