पश्चिमी र स्थानीय वायुको प्रभाव: आज कुन-कुन क्षेत्रमा हुँदैछ वर्षा र हिमपात?

पश्चिमी र स्थानीय वायुको प्रभाव: आज कुन-कुन क्षेत्रमा हुँदैछ वर्षा र हिमपात?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ।

यसैका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका बाँकी क्षेत्रहरू मुख्यतया सफा रहेका छन्।

हाल गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ भने बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। त्यसैगरी बागमती र गण्डकी प्रदेशका तराईका भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने अर्थात् 'लु' चल्ने सम्भावना छ भने मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा अपराह्न पछि हावाहुरी चल्ने सम्भावना देखिएको छ।

आज राती पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। रातीको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसका साथै राती मधेश प्रदेश लगायत कोशी, बागमती र गणकमैत्री प्रदेशका तराई र पहाडी भूभागका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?