वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

पर्सा जिल्ला अदालतले नागरिकता सम्बन्धी लिखत किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला अदालत पर्साका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको छ।

मेयर सिंहमाथि झुट्टा विवरण र कागजात खडा गरी नागरिकता किर्ते गरेको आरोपमा लामो समयदेखि छानबिन भइरहेको थियो।

नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति आएसँगै प्रहरीले मेयर सिंहको खोजी र कानुनी प्रक्रियालाई तीव्र पारेको छ।

स्थानीय तहको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिविरुद्ध नै पक्राउ पुर्जी जारी भएपछि वीरगञ्ज र राष्ट्रिय राजनीतिमा यस विषयलाई निकै चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?