भारतमा २१ दिन लामो लकडाउन, संयम हुन नागरिकलाई अपिल

भारतमा २१ दिन लामो लकडाउन, संयम हुन नागरिकलाई अपिल

कोरोना भाइरस जोखिमबाट बच्न भारतमा २१ दिन लामो लकडाउन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै भाइरसको संक्रमणको रोकथामका लागि २१ दिन लकडाउन घोषणा गरेका हुन्।

आज राति १२ बजेदेखि निर्णय लागू हुनेछ। कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दूरी बढाउन पनि मोदीले आग्रह गरे।

२१ दिनको समयलाई संयमता र धौयर्तापूर्वक उपयोग नगरे देश दशकौँसम्म पछि पर्ने पनि मोदीले सम्बोधनका क्रममा बताए।