न्यायालयमा संकट आएको भन्दै कानुन व्यवसायी सडकमा, सर्वोच्च परिसरमा दिउँसै लालटिन बालेर प्रदर्शन

न्यायालयमा संकट आएको भन्दै कानुन व्यवसायी सडकमा, सर्वोच्च परिसरमा दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडौं। सर्वोच्च अदालतभित्र विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

अदालतमा न्यायको याचना गर्दै लगिएका रिट निवेदनहरूसमेत दर्ता हुन नसक्ने असामान्य अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधमा व्यवसायीहरूले आज दिउँसै लालटिन बालेर अनौठो प्रदर्शन गरेका हुन्।

नेपाल बार एसोसिएसनको पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार आज दिउँसो ठीक १:०० बजे बारको केन्द्रीय कार्यालय प्राङ्गणमा भेला भई कानुन व्यवसायीहरूले हात–हातमा बलिरहेको लालटिन बोकेर विरोध जनाएका हुन्।

सर्वोच्च अदालतभित्र बेन्च बस्न नसकेको, न्यायको ढोका थुनिएको र विधिको शासन नै गम्भीर संकटमा परेकाले सत्य र न्यायको खोजीका लागि प्रतीकात्मक रूपमा दिउँसै लालटिन बाल्नुपर्ने बाध्यात्मक परिस्थिति आएको बारले जनाएको छ।

न्यायालयको गतिरोध तत्काल अन्त्य नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत कानुन व्यवसायीहरूले दिएका छन्।

छुटाउनुभयो कि ?