काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। हाल गण्डकी प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने देखिन्छ। यसैगरी, कोशी प्रदेशका केही स्थानहरू, बागमती, गण्डकी र कर्णालीका थोरै स्थानहरू तथा सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। दिउँसो मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली कायमै रहनेछ। कोशीका थोरै स्थानहरू तथा बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा राति हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।