कोरोना संक्रमित २ जना नेपाली नागरिक ‘निको भए’

कोरोना संक्रमित २ जना नेपाली नागरिक ‘निको भए’

यूएई : यूएईमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएका छन्। सोको जनकारी आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा मार्फत दिएकी हुन् ।

यूएईमा कोरोना संक्रमणबाट ३ जना व्यक्ति निको भइसकेका छन् । निको हुनेमा २ जना नेपाली नागरिकसहित एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी हुन् । योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन्। साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।