प्रतिनिधिसभा बैठक आज: सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने, प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक आज: सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौंं।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यतया सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित रहनेछ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि प्राप्त विभिन्न संशोधनहरू प्रस्तुत गर्नेछन् र त्यसमाथि दफावार बहस हुनेछ।

संसद् सचिवालयका अनुसार आजैको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ। प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

छुटाउनुभयो कि ?