हेटौँडा । सोमबार राति ११ः१० बजे मकवानपुरको ईन्द्रसरोवर–२ लामबगरमा इभी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका छन् । घाइतेमा अधिक भारतीय नागरिक छन् ।
सिस्नेरी दक्षिणकाली काठमाडौँसडक खण्डमा काठमाडौँबाट हेटौँडा आइरहेको बाप्र०१–०३३ च ५२५८ नम्बरको इभी गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो । गाडीमा चालकसहित ११ जना सवार थिए ।
गाडीका चालक, भारतीय नागरिकसहित ९ महिला सवार थिए । उनीहरुमध्ये घाइतेलाई अल्का अस्पताल ललितपुरँ पठाइएको छ । चालक, धनुषाको लक्ष्मीनिया–४ का ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा छन् । घटनामा भारत, बिहार, दरभंगाका ६० वर्षीय राम बिनय झाको टाउकोमा चोट लागेको छ भने ७० वर्षीया निर्मला देवीको पनि टाउकोमा चोट लागेको छ ।
५५ वर्षीया अनिता देवी, ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ६७ वषीय हम्रानाथ झा पनि घाइते भएका छन् । यस्तै, भारतकै उही ठेगानाका ७४ वर्षीया छत्रधर चौधरी, ६६ वर्षीय अमरनाथ झा, ४२ वर्षीया अनिता झा पनि घाइते भएकी छन् । धनुषा, लक्ष्मीनिया–४ का २२ वर्षीय असान साफी सामान्य रहेकाले घर फर्किएका छन् ।